८ वर्षपछि माओवादी केन्द्रमै फर्किए गोपाल किराती

लोकपथ
1.7k
Shares

काठमाडौं । गोपाल किराती आठ वर्षपछि नेकपा (माओवादी केन्द्र)मै फर्किएका छन् । उनी २०७४ सालमा माओवादी केन्द्रबाट अलग्गिएका थिए । माओवादी केन्द्रबाट अलग भएपछि किरातीले देशभक्त समाजवादी मोर्चा गठन गरेका थिए ।

माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग तीन बुँदे सहमति गरी किराँती माओवादी केन्द्रमै फर्किएका हुन् । 

प्रचण्ड र किरातीबीच भएको सहमतिमा विगतमा भएका वैचारिक–राजनीतिक एवं सांगठनिक गल्ती कमजोरीहरूका सम्बन्धमा कार्यटोली बनाई वस्तुनिष्ठ समीक्षाको दस्तावेजीकरण गर्ने सहमति भएको छ । जसको मार्गदर्शनमा जनवर्गको तहबाटै एकता–संघर्ष–रूपान्तरण, मुख्यतः रूपान्तरण र नयाँ आधारमा नयाँ एकता सृष्टि गर्दै नेपाली क्रान्तिको समाजवादी कार्यभार उठान गर्न सामर्थ्य आर्जन गर्ने उल्लेख छ ।

यस्तै, विकसित देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्रबारे पार्टीमा व्यवस्थित छलफल गर्दै पूर्ण जनवादका आधारमा किरातीले निर्णय लिने भनिएको छ ।

सहमतिको तेस्रो बुँदामा सहमति कार्यान्वयन गर्न देशभक्त समाजवादी मोर्चाका अध्यक्ष किरातीको नेतृत्वमा मार्क्सवादी क्रान्तिकारीहरू नेकपा (माओवादी केन्द्र) मा ध्रुवीकृत हुने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?