पश्चिमी वायुको प्रभाव कायमै, यी स्थानमा वर्षा र हिमपातको सम्भावना

लोकपथ
2.8k
Shares

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागकाअनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । यसै गरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?