अब शिक्षा मन्त्रालयको काम सिंहदरबाबाटै, मन्त्री पुनको सबै सामान सारियो

लोकपथ
4.2k
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सिंदरबारबाटै नियमित कामकाज सुरु गरेका छन् ।

जेनजी विद्रोहको क्रममा सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आन्दोलनकारीले क्षति पुर्‍याएपछि शिक्षा मन्त्रालयको कामकारबाही लैनचौरस्थित केशर महलबाट सुरु गरिएको थियो ।

सिंहदरबारस्थित मन्त्रालय काम कारबाही गर्न योग्य भएपछि मन्त्री पुनले सिंहदरबारबाटै काम शुरु गरेका हुन् ।

मन्त्री पुन गत असोज ६ गते शिक्षामन्त्री बनेका थिए । मन्त्री पुनले आफू मन्त्रालयमा नै बस्ने बताएसँगै उनलाई मन्त्रालयमा नै बस्ने व्यवस्था मिलाइएको थियो । मन्त्री पुनलाई मन्त्रालयमै खाने बस्ने व्यवस्था गरिएकोमा अहिले सिंहदरबार सरेसँगै उनका सबै सामग्रीहरु समेत सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?