काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक कमिटीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच पार्टी एकताबारे छलफल भएको छ ।
केही समयअघि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा सुरु भएको छलफलमा संयोजक दाहाल र अध्यक्ष नेपालसँगै दुवै दलका तर्फबाट गठित पार्टी एकता कार्यदलका सदस्यहरू पनि सहभागी रहेका छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादी यही कात्तिक २० गते पार्टी एकताको मिति तय गर्दैछन् । एकीकृत पार्टीको नाम नेकपा समाजवादी राख्ने सहमति भइसकेको छ ।
छलफलबाट पार्टीको सांगठानिक संरचना कस्तो हुने भन्ने टुंगो लाग्ने बताइएको छ । –
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया