जनताले बालेन ‘फुफुफु’ भन्दै स्वाह गरे : महेश बस्नेत

लोकपथ
364
Shares

काठमाडौं । नेकपा एमालेले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा उक्त संगठनको घोषण भएको हो ।

तत्कालका लागि संगठनको संयोजक एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई तोकिएको छ । फोर्स घोषणा कार्यक्रममा नेता बस्नेतले एमालेले जनतासँग मिलेर इमान्दारिताका साथ समृद्ध नेपाल बनाउने बताए । अभियन्ताका नाममा समाज बिथोल्ने पात्रहरुको जन्म भएको उनको आरोप छ ।

समाज बिथोल्ने तत्वहरुलाई युथ भोलेन्टियर फोर्सले तह लगाउने उनको चेतावानी छ ।

उनले भने, ‘हामीले बढो क्रान्तिकारी भाषण गरेर ढुंगा हान्दैनौ टायर बाल्दैनौ, चक्का जाम गर्दैनौ, अब समृद्ध नेपाल बनाउँछौ भयौं, हामीले इमानदारिताका साथ काम त गर्‍यौँ तर जनतासँगको लिंक हाम्रो टुट्यो । त्यही भएर जनताले रवी लामिछाने खोज्यो, त्यही भएर बालेन खोज्यो, त्यही भएर अभियन्ताका नाममा अनेक खालका कुपात्र समाजले खोज्यो । अब यी पलाएका टुसाहरु जनताले भाच्न थालेका छन् । बालेन साहरुपी लुसीफरको सिङ जनताले भाचेका छन् । हिजो बेलुकाको जी खाएर फुफुफु गर्दै अमेरिका फु, इन्डिया फु, चीन फु, एमाले फु, कांग्रेस फु, माओवादी फु, राप्रपा फु, रास्वपा फु भन्दै जनताले अब बालेन फु फु फु भन्दै बालेनलाई स्वाह गर्देका छन् । अब यस्ता खाल्का टुसाहरु भाच्ने काम युथ भोलेन्टियर फोर्सले गर्ने छ ।’

जेनजीका नाममा विध्वंस मच्चाइएको भन्दै नेता बस्नेतले नेपालीहरुले सिंहदरबार जलाउन नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?