काठमाडौं । पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवातालमा आइतबार डुंगा पल्टिँदा डुबेका तीन जनाको सकुशल उद्धार गरिएको छ ।
डुंगा अचानक पल्टिँदा डुंगामा सवार पोखराका ४० वर्षका महेश सुनार, बुटवलका ४९ वर्षका सोमबहादुर तामाङ र ४४ वर्षका लालमान थारू तालमा डुबेका थिए ।

घटनाबारे जानकारी पाउनासाथ नेपाली सेना र सशस्त्र प्रहरीले तत्काल उद्धार कार्य थालेको र उनीहरूलाई सकुशल बचाएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया