काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) ले ‘टिग नास आईटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ ।
नास आईटीले आइतबार काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरी कात्तिक २१ र २२ गते उक्त एक्स्पो हुने जानकारी दिएको हो ।
ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने एक्स्पोमा विभिन्न आईटी सफ्टवेयर, प्रडक्ट र सेवाहरू प्रदर्शनीमा रहनेछन् ।
स्थानीय प्रविधि र डिजिटल उद्यमशीतालाई प्रवर्द्धन गर्नका लागि पहिलो पटक नास आईटी एक्स्पो गर्न लागिएको हो । एक्स्पोमा ३० बढी आईटी सेवा र उत्पादनहरूको प्रदर्शनी रहने छ ।
एक्स्पो अवलोकनकर्तालाई विशेष अफरको व्यवस्था समेत गरिएको नास आईटीले जनाएको छ । साथै कम्पनीहरूले आफ्ना नवीनतम डिजिटल समाधानहरू सार्वजनिक गर्न र लाइभ पिच सेसनमार्फत आफ्नो सोच देखाउन सक्नेछन् ।
एक्स्पोले नेपालमा उत्पादित उत्पादनलाई नेपालमा नै खपत गर्नको लागी भूमिका खेल्ने नास आईटीका उपाध्यक्ष दीपेन चापागाईँले बताए । एक्स्पोले नेपालको आईटी कम्पनी, नेतृत्व र लगानीकर्तालाई एउटै प्लेटफर्ममा ल्याएर सहकार्य अवसर र नवीनतम प्रविधिका सम्भावनाहरूमा केन्द्रित हुन सहयोग गर्ने उनको भनाइ छ ।
नास आईटी एक्सपोको शीर्ष प्रायोजकमा अकाउन्टिङ सफ्टवेयर टिग रहेको छ ।
एक्स्पोमा उद्यमी, निजी तथा सरकारी क्षेत्रका उच्च अधिकारी, नीति निर्माता, लगानीकर्ता लगायत सूचना प्रविधिमा इच्छुकहरू सहभागी हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया