बैतडीमा ट्याक्टर दुर्घटना : हजुरबुवाको मृत्यु, नाति घाइते

लोकपथ
98
Shares

बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

 मृत्यु हुनेमा सिगास गाउँपालिका–३ धमकट्टेका ७५ वर्षीय हरुवा साउद रहेका छन्  । 

सोही ठाँउस्थित धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आज अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रराज भट्टले जानकारी दिए ।

उनका नाति २० वर्षीय महेश साउद घाइते भएको छ ।  दुर्घटनापछि फरार ट्याक्टरचालकको खोजी  भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?