काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीको बन्दुक लुट्ने एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौंको गोकर्णेश्वर–३ बस्दै आएका राजा तामाङ रहेका छन् ।
प्रहरीका अनुसार काठमाडौं–७ लाहुरे टोलमा रहेको एक पसलबाट झोलामा लुकाइएको अवस्थामा बन्दुकको बट र नाल फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
तामाङ यसअघि पनि ज्यान मार्ने उद्योगको मुद्दामा जेल परेका थिए र केही समयअघि मात्रै छुटेको प्रहरीले जनाएको छ ।
सीआईबीका अनुसार उनले हालैको जेनजी आन्दोलनका बेला प्रहरीको हतियार लुटेका थिए ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया