काठमाडौं । नियमित महाधिवेशनको माग गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले आइतबार पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका छन् ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) सहितका युवा कार्यकर्ताले पार्टीमा सुधार र रुपान्तरणको मागसहित पार्टी केन्द्रीय कार्यालय अगाडि नाराबाजी गरेका हुन् ।
प्रदर्शनकारीहरूले पार्टीमा युवाको प्रभावकारी सहभागिता सुनिश्चित गर्नुपर्ने, हरेक तहको निर्वाचनमा ४० वर्ष मुनिका कम्तीमा ४० प्रतिशत युवालाई समावेश गर्नुपर्ने माग अघि सारेका छन् ।
कार्यक्रममा बोल्दै नेविसंघका सदस्य भुवन भट्टले कांग्रेसमा सुधार अभियान सञ्चालन गरिएको बताए । उनले कांग्रेस सुधार र रुपान्तरणको मुद्दा अब अपरिहार्य बनेको बताउँदै नवयुवाको परिवर्तनप्रतिको आकांक्षा बेवास्ता गर्न नहुने चेतावनी दिए ।
भट्टले मुलुकको नेतृत्व गर्नुपर्ने कांग्रेस पार्टी आजभित्रै दिशाहीन बनेको टिप्पणी गर्दै तत्काल नियमित महाधिवेशन घोषणा गर्न माग गरे । उनले पार्टीको आम कार्यकर्ता भावना आत्मसात गर्दै नेतृत्व अघि बढ्नुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया