माओवादी र एकीकृत समाजवादीसहितको नयाँ पार्टीको घोषणा यही २० गते हुने, नाम नेकपा समाजवादी राखिने

लोकपथ
2.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको पार्टी एकता घोषणा यही कात्तिक २० गते काठमाडौंमा हुने भएको छ ।

आज बिहान बसेको माओवादी केन्द्र सचिवालय बैठकले सो निर्णय गरेको हो । नेता अग्नि सापकोटाका अनुसार त्यस दिन माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन (मिलन सी) समूह, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालबीच एकताको घोषणा हुने भएको छ । 

एकतापछि नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी’ राख्ने सहमति भएको छ । यस्तै, राजनीतिक सिद्धान्तबाट माओवाद हटाइने भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?