कुलमानसँगको सहमतिपछि बञ्चरेडाँडामा फोहोर फाल्ने वातावरण बन्यो

लोकपथ
1.3k
Shares

काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीय बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्रीको आश्वासनपछि चार दिनदेखि रोकिएको फोहोर फाल्ने कार्य पुनः सुरु हुने भएको छ ।

मन्त्री घिसिङ आइतबार बिहान प्रत्यक्ष रूपमा बञ्चरेडाँडा पुगेका थिए । त्यहाँ उनले स्थानीय जनप्रतिनिधि र बासिन्दासँगको भेटमा लामो समयदेखि उठाइँदै आएका मागहरू सम्बोधन गर्न सरकारले गम्भीर प्रतिबद्धता जनाएको बताएका हुन् ।

फोहोर व्यवस्थापनका समस्याले पछिल्ला दिनहरूमा काठमाडौं उपत्यकाका सडकहरूमा दुर्गन्ध फैलिएको थियो । स्थानीयले वातावरणीय प्रदूषण, क्षतिपूर्ति र पूर्वाधार निर्माणसम्बन्धी माग पूरा नभएको भन्दै फोहोर फाल्न रोकेका थिए ।

यसअघि शुक्रबार शहरी विकास मन्त्रालयमा सरोकारवालासँगको छलफल निष्कर्षविहीन भएपछि मन्त्री घिसिङ स्वयं स्थलमै पुगेका थिए । भेटपछि स्थानीयले मन्त्रीको प्रतिबद्धता लेखित रूपमा लिएर फोहोर फाल्न दिने सहमति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?