बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
2k
Shares

काठमाडौं । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ७०० ले बढेको छ भने चाँदी प्रतितोला  पाँचले घटेको छ ।

गत शुक्रबार तोलाको  दुई लाख ३९ हजारमा कारोबार भएको  एक तोला सुनको मूल्य आज  दुई लाख ३९ हजार ७०० कायम भएको महासंघले जनाएको छ ।  यसैगरी, चाँदीको मोल प्रतितोला  तीन हजार ५५ निर्धारण भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन चार हजार अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?