काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र साह ‘बालेन’ को स्ट्याटसको चर्को आलोचना भइरहेका बेला उनी हिजो शनिबार दिउँसो ललितपुरको एउटा रेस्टुरेन्टमा मदिरा सेवन गरिरहेको खुलेको छ । उनले मदिरा सेवन गरिरहेको प्रत्यक्ष देखेकी सञ्चारकर्मी मञ्जु कार्कीले सामाजिक सञ्जाल फेसबुकमा यस विषयमा जानकारी दिएकी छिन् ।
उनले लेखेकी छिन्, ‘हिजो म परिवारका साथ ललितपुरको एउटा रेस्टुरेन्टमा थिएँ, मलाई बस्न मन पर्ने ठाउँ (कौशी) जस्तोमा चार पाँच जना साथीसँग बालेन थिए । हामी भित्र बस्यौँ, तर हामी बसिरहेको ठाउँबाट उनलाई देख्न सकिन्थ्यो । उनले बारम्बार मदिरा थपिरहेका थिए । मलाई लाग्यो शनिबार छुट्टीको दिन भएर होला । मैले त्यता धेरै ध्यान दिइनँ । तर राति बालेनको यस्तो पोष्ट देखेपछि मेरो दिउँसोको अनुमानभन्दा अवस्था झन् जटिल बनेछ !!’
काठमाडौं महानगरपालिकाका प्रमुख बालेनले गएराति सामाजिक सञ्जालमा अश्लील शब्दसहितको स्ट्याटस लेखेको भोलिपल्टै सञ्चारकर्मी कार्कीको यस्तो स्ट्याटस आएको हो । बालेनको स्ट्याटसको चौतर्फी आलोचना भइरहेको छ । यद्यपि, उनले राति नै स्ट्याटस हटाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया