जनार्दन शर्माले अराजक व्यवहार देखाए : प्रचण्ड

लोकपथ
315
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता जनार्दन शर्मामाथि अराजक व्यवहार देखाएको आरोप लगाएका छन् ।

शनिबार बसेको पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले बैठक राम्रो रूपमा चलिरहेको समयमा शर्माले आफ्ना कुरा राखेपछि बीचैमा बैठक छोडेको जानकारी दिए । उनले भने, ‘बैठक राम्रो किसिमले चलिरहेको थियो । उहाँले विषय राख्नुभयो, हामीले सबैका कुरा सुन्ने भनेका थियौं, तर उहाँ उठेर हिँड्नुभयो । उहाँको शैली राम्रो होइन, त्यो अराजकता हो ।’

दाहालले शर्माले नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकता हुन नहुने धारणा राखेको बताउँदै त्यसबारे छलफल भइरहे पनि पार्टी एकजुट रहेको दाबी गरे ।

उनले थपे, ‘केही जाँदैन । हाम्रो पार्टी सबै एकजुट भएको छ । सिसि मिटिङसम्म जनार्दन पनि एक हुन्छन् र हुनुपर्छ भन्ने विश्वास हामीलाई छ ।’

सचिवालय बैठकबाट बीचमै निस्किएका नेता शर्माले माओवादी केन्द्रले माओवादको मार्ग छोड्न लागेको भन्दै असन्तुष्टि जनाएका थिए । तर दाहालले केन्द्रिय कमिटी बैठकसम्म सबै मतभेद मिल्ने र पार्टीभित्र एकता कायम रहने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?