बालेन लक्षित हर्क साम्पाङको स्ट्याटस : ‘अचेत जिन्दगीको जय होस् !’

लोकपथ
798
Shares

काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र साह ‘बालेन’ को स्ट्याटसको चर्को आलोचना भइरहेका बेला धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले त्यो शब्द लेखेको भए के हुन्थ्यो भन्दै प्रश्न गरेका छन् । उनले अचेत जिन्दगीको जय होस् ! भन्ने कामनासमेत गरेका छन् ।

आज बिहान सामाजिक सञ्जालबाटै मेयर साह लक्षित स्ट्याटस लेख्दै साम्पाङले यस्तो भनेका हुन् ।

उनले लेखेका छन्, ‘मन पर्ने मान्छेको पादै मिठो ! मन नपर्ने मान्छेले मुटु नै झिकेर दिँदा पनि हेलाहोचो ! मैले त्यो शब्द लेखेको भए के हुन्थ्यो होला ! अचेत जिन्दगीको जय होस् !’

यसअघि शिक्षामन्त्री महावीर पुनले पनि केही आशालाग्दा अभियन्ता र अगुवाहरूले सर्को तानेर बोल्ने तथा लेख्ने गरेको अनुमान गर्दै आगामी दिनमा त्यस्तो कार्य नगर्न भनेका थिए । 

आज बिहान सामाजिक सञ्जालमा उनले लेखेका थिए, ’केही केही आशालाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केही छैन । तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ ।’

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले गएराति सामाजिक सञ्जालमा अश्लील शब्दसहितको स्ट्याटस लेखेको भोलिपल्टै पुनको यस्तो स्ट्याटस आएको हो । बालेनको स्ट्याटसको चौतर्फी आलोचना भइरहेको छ । यद्यपि, उनले राति नै स्ट्याटस हटाइसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?