बालेन लक्षित शिक्षामन्त्री महावीर पुनको स्ट्याटस : सर्को तानेर बोल्ने तथा लेख्ने नगरौँ

लोकपथ
2.8k
Shares

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले केही आशालाग्दा अभियन्ता र अगुवाहरूले सर्को तानेर बोल्ने तथा लेख्ने गरेको अनुमान गर्दै आगामी दिनमा त्यस्तो कार्य नगर्न भनेका छन् । 

आज बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्, ’केही केही आशालाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केही छैन । तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ ।’

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले गएराति सामाजिक सञ्जालमा अश्लील शब्दसहितको स्ट्याटस लेखेको भोलिपल्टै आज पुनको यस्तो स्ट्याटस आएको हो । बालेनको स्ट्याटसको चौतर्फी आलोचना भइरहेको छ । यद्यपि, उनले राति नै स्ट्याटस हटाइसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?