शुक्रबार स्थगित भएको कांग्रेस बैठक आज बस्दै

लोकपथ
84
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (आइतबार) बस्ने भएको छ । शुक्रबार स्थगित भएको बैंठक आज दिउँसो १ बजे बस्ने भएको हो ।

बैठकमा पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका र तयारीसम्बन्धी विषयमा विस्तृत छलफल हुने बताइएको छ ।

शुक्रबार स्थगित बैठकअघि शनिबार पदाधिकारीबीच सहमतिको प्रयास भए पनि निष्कर्ष ननिस्केपछि आजको बैठकमा छलफल अघि बढाइने भएको हो ।

पार्टीका महामन्त्रीहरू र संस्थापन पक्षले फरक-फरक कार्यतालिका प्रस्ताव गरेपछि विगतको बैठक विवादित बनेको थियो ।

आजको बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति खोज्ने प्रयास स्वरूप दुई महामन्त्रीसहित शीर्ष नेताहरूको छुट्टै बैठक समेत बोलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?