काठमाडौं । गुल्मीको मालिका गाउँपालिका-३ म्यालमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् ।
२३ वर्षीय भोटबहादुर बिकले ५० वर्षीय बुवा धनबहादुर बिक र ४८ वर्षीया आमा दिलमाया बिकलाई शनिबार दिउँसो हसिया र काठको मुंग्रोले प्रहार गरेका थिए । बुवा धनबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गम्भीर घाइते दिलमायालाई जिल्ला अस्पताल तम्घास हुँदै प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।
कुटपिट गर्ने छोरा भोटबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनको मानसिक सन्तुलन ठिक नभएको खुल्न आएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया