आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटियो

लोकपथ
6.6k
Shares

 काठमाडौं । सरकारी कार्यालय खुल्ने समय आइतबारदेखि एक घण्टा छोटिएको छ ।

सरकारले चालू वर्षको लागि निर्धारण गरेको कार्यालय समयअनुसार आजदेखि कार्यालय खुल्ने समय पनि एक घण्टा छोटिएको हो ।

कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ ।

 शुक्रबारका दिन भने सरकारी कार्यालय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मात्र सञ्चालन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?