घुँगी खोज्न जाँदा एक जनाको मृत्यु

लोकपथ
707
Shares

चितवन ।  घुँगी खोज्न गएका एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–१ निवासी ६५ वर्षीय बुद्धिराम बोट घुँगी खोज्न जाँदा मृत्यु भएको हो । 

बोट रिउ खोलामा घुँगी खोज्न शुक्रबार दिउँसो निस्किएका थिए । बोटको आज बिहान रिउ खोलाको किनारमा दलदलमा शव भेटिएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार शवको परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?