काठमाडौं । जेनजी आन्दोलनका क्रममा थानकोटस्थित प्रहरी चेकपोस्टमा आगजनी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्ति मकवानपुर थाहा नगरपालिका–९ चित्लाङका ४४ वर्षीय किरण लामा रहेका छन् । हाल उनी काठमाडौं चन्द्रागिरी नगरपालिका–२ बाडभन्ज्याङमा बस्दै आएका थिए ।
प्रहरीका अनुसार लामालाई घटनास्थलका फोटो र भिडियो फुटेजको आधारमा पहिचान गरी पक्राउ गरिएको हो । उनलाई अहिले प्रहरी वृत्त थानकोटमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया