अमेरिकाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

लोकपथ
231
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेपालले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा आज भएको टसमा अमेरिकाले टस जित्दै फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिने भएको हो ।

सिरिजका अघिल्ला दुई खेलमा पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । टिमले यस खेलमार्फत लिगमा पुनः लय फिर्ता ल्याउने लक्ष्य लिएको छ ।

नेपालका कप्तान रोहित पौडेलको नेतृत्वमा टिम मैदानमा उत्रिनेछ भने अमेरिकाले पछिल्ला खेलमा देखाएको प्रदर्शनलाई निरन्तरता दिने प्रयास गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?