काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफूहरुले गुटको भेला नगरेको दाबी गरेका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।
त्यस्तै बिहीबारको बैठकमा महामन्त्री गगन थापा उपस्थित नभएको कारणबारे आफूलाई जानकारी नभएको समेत बताए । प्रवक्ता महतले आफूहरु सबैसँग सल्लाह गरेर देश र पार्टीको हितमा काम गर्नेगरी अघि बढ्न लागेको समेत बताए ।
‘हामीले कुनै गुटको बैठक गरेका छैनौँ,’ उनले भने, ‘हिजो महामन्त्री किन आउनुभएन त्यो तपाईँहरू नै उहाँलाई सोध्नुहोला, हामी सबैसँग सल्लाह गरेर पार्टी र देशको हित हुने गरी अघि बढ्न खोज्दै छौँ । लोकतन्त्रमाथि नै सङ्कटको अवस्था छ ।’
त्यस्तै कांग्रेस ठोस दृष्टिकोणका साथ अघि बढिरहेको बताउँदै क्रियाशीललाई छिटो टुंगो लगाएर अघि बढिरहेको समेत दाबी गरे ।
‘कांग्रेसले ठोस दृष्टिकोणका साथ अघि बढ्नुपर्छ, यो महाधिवेशनको विषयलाई पनि धेरै विवादको नबनाई स्वस्थ रूपमा सम्पूर्ण क्रियाशील सदस्यहरूको सहभागितामा टुङ्ग्याउनुपर्छ भन्ने छ । कार्यवाहक सभापतिले नै पहल गरिराख्नुभएको छ,’ उनले बताए ।
कार्यवाहक दिएर सभापति शेरबहादुर देउवा सक्रिय जिम्मेवारीबाट हटिसकेको बताउँदै महामन्त्रीहरु नै संस्थापन हुने बताए । साथै पार्टीलाई एक ढिक्का बनाएर जानका लागि महामन्त्रीहरुले नै पहलकदमी लिनुपर्ने उनको धारणा रहेको छ ।
साथै वर्तमान सरकारले शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउने आधार प्रस्तुत गर्न नसकेको उनको आरोप रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया