रुपन्देहीमा ट्रक र बस ठोक्किँदा ११ जना घाइते

लोकपथ
140
Shares

रुपन्देही । सिद्धार्थ राजमार्गअन्तर्गत ओमसतिया गाउँपालिका–१ ठुटीपिपलमा बस र ट्रक ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन् ।

शुक्रबार भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ९२६० नम्बरको माइक्रोबसले सर्भिस लेनबाट मुख्य सडकमा प्रवेश गर्ने क्रममा लु १ ख ४४७७ नम्बरको ट्रकसँग ठोक्किएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

घाइतेमध्ये केहीको उपचार भैरहवास्थित भीम अस्पतालमा भइरहेको छ भने अन्यलाई नजिकैका स्थानीय अस्पतालमा पठाइएको छ। प्रहरीले घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको र बाँकी सबैको अवस्था सामान्य रहेको जनाएको छ।

दुर्घटनापछि ट्रक र बसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?