रास्वपाले बोलाएको नयाँ शक्तिहरुको भेलामा बाबुरामदेखि रेशम चौधरीसम्म पुगे

लोकपथ
1.5k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बोलाएको ‘वृहत् राजनीतिक संवाद’ को भेला सुरु भएको छ ।

बालुवाटारस्थित नेपाल हाउसमा सुरु भएको भेलामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टी, नेपाल (नाउपाने) का नेता रेमशलाल चौधरी समेत सहभागि रहेका छन् ।

रास्वपाले जेनजी आन्दोलनपछि फेरिएको परिस्थितिमा नयाँ शक्तिहरुसँग संवाद अघि बढाएको हो । रास्वपाले विचार मिल्ने र जनताले अपेक्षा गरेका नयाँ शक्तिहरुको एकता आवश्यक रहेको बताउँदै भेला बोलाएको थियो ।

उक्त भेलामा अन्य स्वतन्त्र अभियन्ताहरु समेत सहभागि रहेका छन् । भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का पूर्वअध्यक्ष समेत रहेका डा.भट्टराईले जेनजी आन्दोलनले देखाएको नयाँ मार्ग अनुसार दल र राष्ट्र अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?