काठमाडौं । मुस्ताङ जिल्लाको हिडन भ्याली क्षेत्रमा हिमपातका कारण फसेका तीन विदेशीसहित १५ जना पर्यटकलाई नेपाली सेनाले सफलतापूर्वक उद्धार गरेको छ ।
नेपाली सेनाको उच्च शिखर शिक्षालयबाट खटिएको उद्धार टोलीले तीन दिनसम्मको प्रयासपछि कात्तिक १४ गते ती पर्यटकहरूको उद्धार गरेको सेनाले जनाएको छ । सेनाका अनुसार हिडन भ्यालीस्थित करिब ४ हजार ९०० मिटर उचाइमा रहेको बतासे डाँडाबाट उनीहरूलाई फेला पारिएको हो ।
उद्धारपछि पर्यटकहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको सेनाले जनाएको छ । नेपाली सेनाको इन्द्र बक्स गण, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र गैरसैनिक पथप्रदर्शकहरूको संयुक्त टोलीले उद्धार कार्य सम्पन्न गरेको हो ।
हाल उद्धार गरिएका सबै पर्यटकलाई जोमसोम ल्याउने कार्य जारी रहेको सेनाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया