नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

लोकपथ
84
Shares

काठमाडौं । पहिरोका कारण अवरुद्ध नारायणगढ-सडक दुईतर्फी सञ्चालनमा आएको छ । 

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहकाअनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाकामना-५ तुइनखोला पुल नजिकै पहिरो खसेपछि सडकमा यातायात आवगमन अवरुद्ध भएको थियो । 

सडक विभागको मेसिनले पहिरो पन्छाएपछि बिहान १०ः२५ बजेदेखि दुईतर्फी रुपमा यातायात सञ्चालन भएको उनले जानकारी दिए । उक्त सडकखण्डमा पहिरोको उच्च जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?