सरकारी सरह सेवा सुविधा माग्दै देशभरका नर्सहरूको विरोध प्रदर्शन

लोकपथ
189
Shares

काठमाडौं । सरकारी सरह सेवा सुविधा पाउनुपर्ने माग गर्दै नर्सहरूले विरोध प्रदर्शन गरेका छन् । ‘काम अनुसारको दाम’ नपाएको भन्दै  देशभरका सबै अस्पतालका नर्सहरूले शुक्रबार विरोध प्रदर्शन गरेका हुन् ।

नेपाल नर्सिङ संघको आव्हानमा राखिएको कार्यक्रमअनुसार नर्सहरूले १५ बुँदे माग अघि सारेका छन् । संघले माग पूरा नभएसम्म १८ गतेसम्म बिहान १० देखि दिउँसो १२ बजेसम्म अत्यावश्यकबाहेकका नर्सिङ सेवा बन्द गर्ने निर्णय गरेको छ ।

०८२ असोज २४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पठाइएको पत्र अनुसार, निजी अस्पताल तथा शिक्षण संस्थामा कार्यरत सबै नर्सहरूलाई नेपाल सरकार सरहको न्यूनतम पारिश्रमिक र सेवा सुविधा प्रदान गर्नुपर्ने व्यवस्था भए पनि हालसम्म कार्यान्वयन नभएको नर्सहरूको गुनासो छ ।

संघले नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐनअन्तर्गत व्यवस्थापन गर्ने, जोखिम भत्ता र अतिरिक्त भत्ता प्रदान गर्ने, दरबन्दी सिर्जना गर्ने, स्तरवृद्धि र ग्रेडको व्यवस्था गर्ने, क्षमता अभिवृद्धि तथा नीति निर्माणमा सहभागिता सुनिश्चित गर्ने लगायतका माग अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?