काठमाडौं । जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार, सुन्धाराबाट फरार भएका एक कैदी भक्तपुरमा पक्राउ परेका छन् । पक्राउ पर्ने रामेछाप मन्थली नगरपालिका–३ का २२ वर्षीय देवबहादुर बस्नेत ‘विष्णु’ रहेका छन् ।
प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले शुक्रबार बिहान भक्तपुर नगरपालिका–८ लिवालीबाट उनलाई पक्राउ गरेको हो । बस्नेतलाई लागुऔषध सम्बन्धी मुद्दामा अदालतले दुई वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको सजाय तोकेको थियो ।
कारागार प्रशासनका अनुसार बस्नेतले अहिलेसम्म १ वर्ष ६ महिना कैद सजाय पूरा गरिसकेका छन् भने अझै ६ महिना कैद बाँकी छ । पक्राउ परेपछि उनलाई थप कारबाहीका लागि पुनः केन्द्रीय कारागारमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया