काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमित जग्गा र मापदण्ड विपरीत निर्माण भएका संरचना सात दिन भित्र हटाउन निर्देशन दिएको छ ।
महानगरले आज (शुक्रबार) सार्वजनिक सूचना जारी गर्दै महानगर र उपत्यका विकास प्राधिकरणको २ असोजमा बसेको संयुक्त बैठकको निर्णयअनुसार सो निर्देशन दिएको जनाएको छ ।
सूचनाअनुसार, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ र दफा ४५ विपरीत भवनजन्य संरचना निर्माण गर्न नपाइने र सो ऐनको दफा ९७ अनुसार सार्वजनिक सम्पत्ति संरक्षण तथा व्यवस्थापन गर्ने दायित्व स्थानीय तहको भएकाले, ऐन विपरीत बनेका संरचना सात दिनभित्र स्वतः हटाउन निर्देशन दिएको हो ।
सोही अनुसार अब त्यस्ता संरचना र अतिक्रमण कार्यमा संलग्न व्यक्ति वा निकायविरुद्ध कारबाही अघि बढाइने चेतावनी दिइएको छ ।
महानगरले सर्वसाधारण नागरिकलाई पनि सार्वजनिक स्थान, बाटो, फुटपाथ, नदी किनार र मापदण्ड विपरीत बनेका संरचनाबारे जानकारी भए तत्काल नगर कार्यालय वा उपत्यका विकास प्राधिकरणमा जानकारी गराउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया