नगरपालिकाले बजेट नदिदा अस्पतालका सेवा प्रभावित

बैतडी, २२ कात्तिक । बैतडीको दशरथचन्द नगरपालिकाले समयमा बजेट निकास गर्न ढिला गर्दा जिल्ला अस्पताल बैतडीले स्थानीय जनातालाई प्रदान गर्ने सेवामा समस्या उत्पन्न भएको छ अस्पतालले सञ्चालन गर्ने सेवा बजेट अभावमा प्रवाह गर्नमा समस्या हुन थालेपछि बैतडी जिल्ला अस्पताल विकास समितिको बैठक बसेको थियो । सो बैठकले समस्याको छिट्टै समधान गर्न पहल गर्ने निर्णय गरेको छ जिल्ला अस्पताल र दशरथचन्द नगरपालिकाबीच बजेट निकासाका विषयमा समयमै समन्वय नहुँदा समस्या देखिएको हो । गत असोज २६ गते नै बजेट निकासका लागि नगरपालिकालाई पत्र लेखिएको अस्पताल स्रोतले बताएको छ नगरपालिकाको विभिन्न कारण देखाउँदै बजेट निकासा गर्न ढिलाई गरेको छ । अस्पतालका लागि निकासा गर्नुपर्ने बजेट छिट्टै निकासका लागि पहल गर्ने दशरथचन्द नगरपालिका–४ का वडाअध्यक्ष मोहन चन्दले जानकारी दिए  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?