बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

लोकपथ
1.3k
Shares

काठमाडौं । अविरल वर्षासँगै आएको लेदो र पहिरोका कारण बीपी राजमार्ग दुईतर्फी नै पूर्णरुपमा रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार निरन्तर वर्षापछि राजमार्गका विभिन्न स्थानमा लेदो तथा पहिरो खसेकाले राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा, बोक्सीकुना र नार्केललगायत स्थानमा सडकमा पहिरो र लेदो खसेपछि सवारी सञ्चालन पूर्ण रूपमा रोकिएको छ ।

अवरुद्ध सडक सुचारु गर्न डोजर परिचालन गरिएको भए पनि निरन्तर वर्षाका कारण काममा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । सडक खुल्न केही समय लाग्ने भएकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?