चितवनमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

लोकपथ
1.1k
Shares

काठमाडौं । चितवनमा गएराति दुई यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन् ।

गएराति करिब १:४५ बजे भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३-००१ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस र जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३-००१ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुबाहक बस अगाडि पार्किङ गरी राखिएको ना.६ख ८१३ नम्बरको इँटा लोड ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं.१७ गण आँपटारी चितवनका सुरक्षाकर्मीले घटनास्थलमा पुगेर घाइतेको तत्काल उद्धार गरी चितवनका विभिन्न अस्पतालमा पठाएका थिए ।

घाइतेमध्ये १५ जनाको उपचार चितवन मेडिकल कलेजमा, १३ जनाको नेशनल सिटी अस्पतालमा र ५ जनाको भरतपुर अस्पतालमा भइरहेको सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

दुर्घटनापछि सडकमा बस पल्टिँदा केहीबेर बाटो अवरुद्ध भएको थियो । क्रेनको सहायताले सवारी साधन हटाएपछि बिहान २:५५ बजेदेखि बाटो एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न रुद्राक्ष बसका चालक धनुषा जिल्ला सहिद नगरपालिका-४ का ४३ वर्षीय कृष्ण मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइतेहरूको विवरण

क) चितवन मेडिकल कलेजमा रहेका घाइतेहरू (१५ जना)

१. उदयपुर, त्रियुगा–१० का २० वर्षीय सार्थक बाबु श्रेष्ठ – बायाँ खुट्टामा चोट, अवस्था मध्यम (डल्फिन)
२. धनुषा, जनकपुर–१७ का ३९ वर्षीय सदाकत मियाँ -टाउकोमा चोट, अवस्था मध्यम (रुद्राक्ष)
३. जनकपुरका ५२ वर्षीय नरेन्द्र शाह- टाउकोमा चोट (रुद्राक्ष)
४. रौतहट, गौर–५ का ४१ वर्षीय मुकेश कुमार केसरी-बायाँ खुट्टा र टाउकोमा चोट (डल्फिन)
५. धनुषा, जनकपुर–७ का १७ वर्षीय समिर अन्सारी – बायाँ खुट्टा र हातमा चोट (रुद्राक्ष)
६. महोत्तरी, पिपरा–१ की गीता देवी यादव – निधारमा चोट (रुद्राक्ष)
७. रौतहट, राजदेवी–१ का कृष्ण कुमार साह -अनुहारमा चोट, अवस्था मध्यम (डल्फिन)
८. धनुषा, जनकपुर–१ का ४६ वर्षीय बसन्त झा – खुट्टामा चोट, अवस्था सामान्य (रुद्राक्ष)
९. धनुषा, जनकपुर–४ का ४९ वर्षीय -अवस्था सामान्य
१०. सोही ठाउँकी ३४ वर्षीया -अवस्था सामान्य
११. सोही ठाउँका आरुष कर्ण (उमेर खुलाइएको छैन) – अवस्था सामान्य (रुद्राक्ष)
१२. महोत्तरी, पिपरा–१ का ३७ वर्षीय राम श्रेष्ठ – अवस्था सामान्य (डल्फिन)
१३. रौतहट, राजदेवी–१ का २० वर्षीय अनिकेत कुमार साह -अवस्था सामान्य (डल्फिन)
१४. रौतहट, बृन्दावन–३ का ११ वर्षीय आरभ मिश्र -टाउकोमा चोट, अवस्था मध्यम (डल्फिन)
१५. धनुषा, लक्ष्मिमिया–४ की १९ वर्षीया विद्या चौधरी -अवस्था मध्यम (रुद्राक्ष)


ख) नेशनल सिटी अस्पताल, भरतपुरमा रहेका घाइतेहरू (१३ जना)

१. धनुषा, जलेश्वर–५ का २० वर्षीय आदित्य कुमार सिंह -अवस्था सामान्य (रुद्राक्ष)
२. सोही ठाउँकी ४३ वर्षीया रेखा सिंह -अवस्था सामान्य
३. सोही ठाउँकी २१ वर्षीया अञ्जली सिंह – अवस्था सामान्य
४. भारत, मोतिहारीका ३२ वर्षीय सुनिल प्रसाद -अवस्था सामान्य (डल्फिन)
५. भारत, मोतिहारीकी २५ वर्षीया सुभद्रा कुमारी चौधरी -अवस्था सामान्य
६. भारत, मोतिहारीकी ७ वर्षीया पृया जैशवाल -अवस्था सामान्य
७. भारत, मोतिहारीकी ४ वर्षीया कृती जैशवाल- अवस्था सामान्य
८. धनुषा, जनकपुर–८ का २८ वर्षीय आलोक कुमार राउत – अवस्था सामान्य
९. रौतहट, राजदेवी–२ का २१ वर्षीय मोनु कुमार महतो – अवस्था सामान्य
१०. रौतहट, गौर–९ की ६६ वर्षीया गम्भिरा देवी ठाकुर – अवस्था सामान्य
११. रौतहट, गरुडा–७ का ५० वर्षीय विजय साह -अवस्था सामान्य
१२. सोही ठाउँकी ४० वर्षीया उर्मिला कुमारी साह -अवस्था सामान्य
१३. रौतहट, बृन्दावन–३ की ६२ वर्षीया सुनिता देवी मिश्र – अवस्था मध्यम


ग) भरतपुर अस्पतालमा रहेका घाइतेहरू (५ जना)

१. रौतहट, दुर्गावती–२ का ३० वर्षीय राजकिशोर दास – अवस्था सामान्य
२. सोही ठाउँका २५ वर्षीय राजु दास – अवस्था सामान्य
३. भारत, मोतिहारीका २२ वर्षीय महमद साहेब – अवस्था सामान्य
४. रौतहट, माधवनारायण–५ का १९ वर्षीय रोशी कुमार साह -अवस्था सामान्य
५. धनुषा, लक्ष्मिमिया–४ की १९ वर्षीया दिव्या चौधरी -अवस्था मध्यम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?