काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री एवं एमाले सांसद राजेन्द्रसिंह रावल जेनजी आन्दोलनबारे छानबिनका लागि गठित जाँचबुझ आयोगकाम सदस्य विश्वेश्वरप्रसाद भण्डारीमाथि खनिएका छन् ।
बिहीबार भण्डारी कञ्चनपुरमा जेनजी आन्दोलनपछि भएको तोडफोड लगायतको घटनाबारे अनुगमन गर्न पुगेका थिए ।
भण्डारीले कञ्चनपुरका विभिन्न भवनहरुको निरीक्षण गरे ।
त्यसपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाको कार्यालयमा सर्वदलीय छलफलमा सहाभागि हुन पुगेका थिए । छलफल सुुरु हुनै लाग्दा पूर्वमुख्यमन्त्री रावल त्यहाँ पुगेका थिए ।
रावलले ‘अपराधिहरुलाई लुकाएर ठूला कुरा गर्ने’ भन्दै भण्डारीमाथि खनिए । सुरुमा केही बोल्न खोजेका भण्डारी रावल झन चर्कोचर्को हुन थालेपछि कुर्सीमा नै बसिरहे ।
रावल पुनः आक्रोशित हुँदै ‘मेरा बालबच्चाहरुको के हालत भएको थियो, देख्नुभएको थियो ? अहिले नाटक देखाउन आउने ?’ भन्दै आक्रोशित बने । सुरक्षाकर्मीहरुले रावललाई छेकेका थिए ।
‘मेरो पार्टी कार्यालय भवन आगो लाग्दाखेरि के तपाईँ अहिले तमासा देखाउन आउनु भएको ? राज्यको तर्फबाट नाटक देखाउन आउने ?’ रावल पुनः प्रश्न गर्दै आक्रोश बने ।
सुरक्षाकर्मी र अन्य कर्मचारीले रावललाई छेक्दै नबोल्न इशारा गरिरहे पनि उनी पुनः ‘तपाईँहरु अपराधीहरु हो, यहाँका कर्मचारी साथीहरुलाई थर्काउन आएको हो तपाईँहरु’ भन्दै रन्किए ।
रावलले विभिन्न आरोप लगाउँदै थर्काइरहँदा जाँचबुझ आयोगका सदस्य भण्डारी भने अलमलमा परिरहेका देखिन्थे । रावलले झनै चर्को स्वरमा ‘राज्य कोषको दुरुपयोग गर्दै आउनुभएको छ तपाईँहरु, तपाईँ जनविरोधी मान्छे हो । जनताको घर आगो लगाउने सरकारी कार्यालय आगो लगाउने अनि यहाँ बर्ता उ गर्ने….’ रावल कड्किए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया