कांग्रेस केन्द्रीय समिति बैठक : क–कसले राखे धारणा ?

लोकपथ
385
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलि पुनः बस्नेगरी आजका लागि स्थगित भएको छ ।

गत असोज २८ गतेबाट सुरु भएको बैठक केही दिन बसेर कार्तिक १३ गते बिहीबार (आज) सम्मका लागि स्थगित भएको थियो । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी बसेको थियो । आजको बैठकमा एक दर्जन बढी केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुले धारणा राखेका छन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा आफ्नो धारणा राख्ने केन्द्रीय सदस्यहरूमा मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुर सिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार के।सी।, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सिना, शान्ति परियार वि।क।, लक्ष्मी खतिवडा तथा आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, आमन्त्रित प्रदेश सभापतिहरू, इन्द्रबहादुर बानियाँ (बागमती) र अमरसिंह पुन (लुम्बिनी) ले रहेका छन् ।

भोलि दिउँसो १ बजे पुनः बैठक बस्ने कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?