मलेसियाको नयाँ मापदण्डप्रति प्रधानमन्त्रीको चासो

लोकपथ
1.2k
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको नयाँ मापदण्डबारे चासो लिएकी छन् ।

यसबाट पर्न सक्ने असर अध्ययन गरी आवश्यक पहल कदमीका लागि गृहकार्य गर्न श्रम मन्त्रालयलाई बिहीबार निर्देशन दिएकी हुन् ।

प्रधानमन्त्री कार्कीले यस विषयमा परराष्ट्र, अर्थ र श्रम मन्त्रालयसँग पनि समन्वय गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । मलेसिया नेपाली कामदार वैदेशिक रोजगारीमा जाने प्रमुख गन्तव्यमध्येको एक हो ।

नेपालमा करिब १२०० वैदेशिक रोजगारी व्यवसायीमध्ये ९०० वटा मलेसियाकै व्यवसायमा आश्रित छन् ।

मलेसियाको नयाँ मापदण्डले नेपालका करिब एक दर्जन ठूला कम्पनी मात्र उक्त मुलुकमा कामदार पठाउन योग्य हुने वैदेशिक रोजगारी व्यवसायीहरूले बताएका छ्न् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?