सीके राउत छाडेर रेशमतिर लागे अब्दुल खान

लोकपथ
413
Shares

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको उपाध्यक्ष छाडेर अब्दुल खान रेशम चौधरीको पक्षमा देखिएका छन् ।

जेनजी आन्दोलनपछि फेरिएको परिस्थितिमा अब्दुलसहित ६ जना नेताले जनमत पार्टी छाडेका थिए । पार्टीभित्र मतभेद बढेको भन्दै पार्टी छाडेका अब्दुल खान बिहीबार निर्वाचन आयोगमा रेशम चौधरीसँग देखिए ।

उता आफैँले दर्ता गराएको दल नागरिक उन्मुक्ति पार्टीमा ठाउँ नपाएपछि रेशमले नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपाने) दर्ता गराएका छन् । सोही क्रममा कान्तिपथस्थित निर्वाचन आयोगमा पार्टी दर्ताका लागि अब्दुल पनि पुगेका हुन् ।

त्यसो त रेशम चौधरी आफैँ संरक्षक रहेको नाउपाले उनको संरक्षण नगरेपछि श्रीमतीसँग राजनीतिक रुपमा असन्तुष्ट बनेका रेशमले नयाँ पार्टी खोलेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?