रेशम चौधरीले दर्ता गराए नयाँ दल, चुनाव चिह्न जाँतो

लोकपथ
812
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका रेशमलाल चौधरीले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन् ।

नाउपाबाट निकालिएपछि रेशमले नयाँ पार्टी खोल्ने घोषणा गरेका थिए । उनले घोषणा गरेको नयाँ पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपाने) रहेको बताएका छन् ।

बिहीबार कान्तिपथपस्थित निर्वाचन आयोगमा पुगेर नयाँ पार्टी नाउपाने दर्ता गराएका हुन् ।

उनले आफ्नो पार्टीको चुनाव चिह्न जाँतो हुने प्रस्ताव गरेका छन् । त्यसो त यसअघि उनको अग्रसरतामा खोलिएको नाउपाको चुनाव चिह्न भने ढकिया थियो ।

रेशमले गत भदौ २९ गते नयाँ पार्टी खोल्ने घोषणा गरेका थिए । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ उनकै श्रीमती भए पनि पार्टीभित्र मतभेद बढेपछि रेशमले नयाँ दल खोलेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?