काठमाडौं । जिल्ला अदालत काभ्रेले विद्युतीय कारोबारसम्बन्धी मुद्दामा दलित अभियन्ता भनेर चिनिएका खगेन्द्र सुनारलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । काभ्रेपलान्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले यो आदेश जारी गरेको हो ।
अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ पुर्जी जारी भएका सुनार आज बिहीबार बिहान काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका थिए । न्यायाधीश कालाखेतीको इजलासमा उनको बयान र थुनछेकको बहस भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया