काठमाडौं । बिहीबार नेप्से परिसूचक २६०० अंक नजिक पुगेको छ । नेप्से ३४.२२ अंकले बढेर २६००.३८ कायम भएको हो ।
आज शेयर बजारमा कुल ३१९ लगानी उपकरण कारोबारमा आएका थिए । तीमध्ये २४८ कम्पनीको मूल्य बढेको छ भने ५९ को मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्य स्थिर रह्यो ।
कारोबार रकम पनि उल्लेख्य बढेको छ । बुधबार पाँच अर्ब ४५ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार सात अर्ब ५१ करोड रूपैयाँको कारोबार भएको छ । विशेषगरी हिमालयन बैंकको संस्थापक सेयर मात्र १ अर्ब ६६ करोड रूपैयाँमा कारोबार भएपछि बजारमा ठूलो उछाल आएको हो ।
आज २१६ कम्पनीको मूल्य बढ्दा २८ को घटेको छ । पाँच कम्पनीको मूल्य स्थिर रह्यो । समूहगत रूपमा हाइड्रोपावर समूह सबैभन्दा धेरै २.६७ प्रतिशत बढेको छ । बैंकिङ ०.३३, विकास बैंक १.२३, फाइनान्स १.६०, होटल तथा पर्यटन ०.७५, लगानी १.३५, जीवन बीमा १.८०, उत्पादन तथा प्रशोधन १.७४, माइक्रोफाइनान्स १.६०, निर्जीवन बीमा १.७५, अन्य १.०६ र व्यापार ०.८८ प्रतिशतले बढेका छन् ।
आज व्यक्तिगत कम्पनीमध्ये गुराँस लघुवित्त र उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ । सुपर मादी हाइड्रोपावर ९.५४, गणपति लघुवित्त ९.४६, र पिपुल्स हाइड्रोपावर ९.०८ प्रतिशतले बढेका छन् ।
अर्कोतर्फ, आशा लघुवित्तको मूल्य सबैभन्दा धेरै ४.७९ प्रतिशतले घटेको छ। उपकार लघुवित्त ३.९६ र हिमालयन पावर पार्टनर ३.७५ प्रतिशतले घटेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया