ढिला गरी सुरु भयो कांग्रेस केन्द्रीय समिति बैठक

लोकपथ
133
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ढिला गरी सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । तर निरन्तरको वर्षाका कारण नेताहरु पुग्न ढिला भएका कारण बैठक ढिला सुरु भएको हो ।

गत असोज २८ गतेबाट कांग्रेसको बैठक सुरु भएको थियो । केही दिन बैठक बसे पनि नजिकिँदो तिहारका कारण कार्तिक १३ गते (आज) सम्मका लागि स्थगित गरिएको थियो ।

जेनजी आन्दोलनपछि पार्टीभित्र नेतृत्व परिवर्तनका लागि दबाब बढिरहेका बेला कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको थियो । बैठकमा आगामी १५आँै महाधिवेशन, जेनजी आन्दोलन र त्यसपछिको परिस्थिति, अन्तरिम सरकारले तोकेको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

त्यसो त सभापति शेरबहादुर देउवाले उपासभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेर आफू भने उपचारका लागि सिंगापुर उडेका छन् ।

कांग्रेसभित्र समयमै नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गरी नेतृत्व परिवर्तन गर्ने विषयमा आवाज उठिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?