सरकारले गरेको बजेट कटौतीमा संसदीय समितिको चासो

लोकपथ
238
Shares

काठमाडौं । सरकारले गरेको बजेट कटौतीमा संसदीय समितिले चासो देखाएको छ ।  

संघीय सरकारले टुक्रे योजनाहरुका बजेट कटौती गर्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति बिहीबार बसेको राष्ट्रिय सभा अन्तर्गतको, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले चासो देखाएको हो । 

समितिका सभापति सोनाम गेल्जेन शेर्पाले नियमित विनियोजित बजेट धेरै बजेटहरु कटौती भएकोले त्यस सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउने बताए । कुन आधारमा बजेट कटौती गरिएको भन्ने बारेमा समितिले सरकारसँग प्रष्टिकरण माग्ने उनले जानकारी दिए । उनले समितिले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा हुने शान्ति सुरक्षा, माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनका अवस्थाका बारेमा पनि सरकारसँग बुझ्ने प्रयास गर्ने बताए ।

उनले बैठकमा समितिले विगतमा बनाएको कार्ययोजना र परिवर्तित समयपश्चात आगामी दिनका कसरी जाने भन्ने विषयमा छलफल भएको जानकारी दिए । उनले समितिमा विगतमा भइरहेको छलफलहरुलाई पनि आवश्यकताको आधारमा आगामी दिनमा पनि निरन्तरता दिने बताए । समितिमा आएका विषयहरुलाई छलफल गरेर कार्यन्वयनका लागी सरकारकालाई निर्देशन दिने उनको भनाइ छ । 

उनले राष्ट्रियसभाको बैठक पनि छिट्टै सञ्चालन हुने बताए । बैठक सञ्चालनको लागी राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले पहल गरिरहेको उनको भनाइ छ । जेनजी आन्दोलन पश्चात पहिलो पटक समितिको बैठक बसेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?