जेनजी आन्दोलनमा प्रहरीको बर्दी लगाएर लुटपाट र आगजनी गर्ने तीन जना पक्राउ

लोकपथ
462
Shares

काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरीको बर्दी लगाएर लुटपाट र आगजनी गर्ने तीन जना पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले बुधबार गोकर्णेश्वरको तालिनचोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका १८ वर्षीय रिहान गुरुङ, नुवाकोटका १८ वर्षीय समीर श्रेष्ठ र रामेछापका १७ वर्षीय दिवस बस्नेत रहेका छन् ।

प्रहरीका अनुसार, सीसीटिभी फुटेजका आधारमा उनीहरूको पहिचान गरी पक्राउ गरिएको हो ।  उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?