सुनको मूल्य स्थिर, चाँदीमा सामान्य वृद्धि

लोकपथ
294
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार पनि सोही दरमा स्थिर रहेको हो ।

यस्तै, चाँदीको मूल्य भने सामान्य रूपमा बढेको छ । बुधबार तोलामा २ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा २ हजार ९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?