काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली युएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।
सो खेल दुबईस्थित आईसीसी एकेडेमीमा हुँदैछ । सिरिजअन्तर्गत दुवै टोलीले दोस्रो खेल खेल्न लागेका हुन् । पहिलो खेलमा भने दुवै टोली अमेरिकासँग पराजित भएको थियो । नेपाल १०६ रनले पराजित हुँदा युएई ४ विकेटले पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया