काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू निकटका नेताहरुसँग छुट्टै छलफल गरेका छन् ।
केन्द्रीय समिति बैठकको अघिल्लो दिन कार्यवाहक सभापति खड्काले आफू निकटका नेताहरुसँग ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा बोलाएर आगामी रणनीतिबारे छलफल गरेका हुन् ।
बैठकमा संस्थापन पक्षीय पदाधिकारी, पूर्वपदाधिकारीसहित करिव ७५ जना सहभागी रहेका थिए । सभापति शेरबहादुर देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि निरन्तर गुट भेला राख्दै आएका छन् ।
उक्त छलफलले पार्टी अब महाधिवेशनभन्दा अगामी २१ फागुनमा तोकिएको चुनावमा केन्द्रित हुनुपर्ने निष्कर्ष निकालेको बताइएको छ । पार्टी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मंसिरमा नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएका छन् छन् ।
केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति नतोके बेग्लै भेला राख्ने सम्मको तयारी इतरपक्षको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया