काठमाडौं । काठमाडौंको इचंगुनारायण मन्दिर परिसरमा हतियार देखाइ सर्वसाधारणमा आतंक सिर्जना गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा २३ वर्षका समीर श्रेष्ठ र एलेक्स नेपाली रहेका छन् । समीर नुवाकोटको लिखु गाउँपालिका–६ घर भइ हाल काठमाडौं महानगरपालिका–१७ नयाँ बजारमा बस्दै आइरहेका छन् भने एलेक्स काभ्रे पनौती नगरपालिका–१० घर भइ हाल काठमाडौं महानगर–१६ क्षेत्रपाटीमा बस्दै आइरहेका छन् ।
इचंगुनारायण मन्दिर एरियामा उनीहरुले पेस्तोल पड्काएर सर्वसाधारणमा त्रास सिर्जना गर्ने गरेका थिए । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरे नेतृत्वको टोलीले मंगलबार राति ढल्को क्षेत्रबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट पेस्तोलसहित १२ राउण्ड गोली समेत बरामद गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले जानकार दिए ।
उनका अनुसार उनीहरुको साथबाट एक थान पेस्तोल र सोही पेस्तोलको खाली म्याग्जिन एक थानसहित ३११–२३ लेखिएको गोली १२ राउण्ड बरामद गरिएको छ । उनीहरुमाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढाइएको एसपी आचार्यले जानकारी दिए ।
उनीहरुले चुरोट पिउँदै घरको छतबाट पेस्तोल पड्काएको भिडियो समेत सामाजिक सञ्जालमा देख्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया