काठमाडौं । विश्व पक्षघात दिवसका अवसरमा भरतपुरमा सचेतना र्याली सम्पन्न भएको छ । बुधबार नेपाल मेडिकल स्टुडेन्टस् सोसाइटीले नेपाल पक्षघात संघसँगको सहकार्यमा उक्त र्याली सम्पन्न गरेको हो ।
Get Involved, Get Active भन्ने नारासहित आयोजित उक्त र्यालीमा सयौं चिकित्सक, नर्स, प्यारोमेडिक्स लगायतका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । र्याली मैयादेवी क्याम्पसअगाडि रहेको फुटबल मैदानबाट सुरु भई सिएमसी अगाडिहुँदै सिनर्जी एफएम रोड, सप्तगण्डकी चोक हुँदै पुनः सोही स्थानमा पुगेर सम्पन्न भएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि नेपाल पक्षघात संघका संस्थापक अध्यक्ष एवम् वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापाले पक्षघातको रोकथाम र समयमै उपचारका उपायबारे सचेत रहन सबैलाई आह्वान गरे ।
पहिलो विश्व पक्षघात दिवस मनाउँदा जम्मा ६ जना रहेको उनले स्मरण गरे । ‘हामीले नेपालमा पहिलोपटक पक्षघात दिवस मनाउँदा जम्मा ६ जना थियौँ,’ उनले भने, ‘आज सयौँ भएका छौँ त्यो नै हाम्रो उपलब्धि हो ।’
उक्त कार्यक्रमलाई दिपक मोवाइल हाउस र आविष्कार फार्मेसीले सहयोग गरेका थिए । सहभागी सबैलाई नेपाल स्ट्रोक एसोसिएसनको तर्फबाट प्रमाणपत्र वितरण गरिएको थियो ।
नेपाल मेडिकल स्टुडेन्ट्स सोसाइटीका अनुसार यस्तो कार्यक्रमले स्ट्रोकका कारण हुने मृत्युदर घटाउन र जनस्वास्थ्यमा सचेतना फैलाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया