पाल्पामा ईभी गाडी दुर्घटना, तीन जना गम्भीर घाइते

लोकपथ
133
Shares

काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ मा आज एक ईभी गाडी दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार छहरा मेहलढाप भित्री सडक खण्डको पीपलभञ्याङमा गाडी सडकबाट करिब पाँच सय मिटर तल खसेको हो ।

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय पाल्पासहित मुझुङ र हाथोर्क प्रहरी टोली घटनास्थलमा पुगेका छन् ।

दुर्घटनाको विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?